
पोखरा । पोखरा महानगरपालिका-२५, हेमजास्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। कृषक केन्द्रित बचत तथा ऋण, कृषकहरूलाई अति आवश्यक पर्ने अन्नत जातका तरकारी बिउ विजन, रासायनिक मल विषादी र कृषि उपकारणहरू बिक्री वितरण तथा उत्पादित कृषिको बजार व्यवस्थापनमा जोड दिने उद्देश्यका साथ २०५७ सालमा स्थापित संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको शनिबार उद्घाटन गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा (जीसी) श्रेष्ठले गरेकी थिइन्।
समारोहलाई सम्बोधन गर्दै मन्त्री (जीसी) श्रेष्ठले न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बन्दै कृषि क्रान्तिमा महत्त्व भूमिका साथ उत्कृष्ट सहकारीको स्थानमा रहन सफल भएकोमा सहकारीलाई बधाई दिइन्। सहकारीको विश्वसिनियतामा नागरिकको प्रश्न उठेको समयमा सहकारीको मुलय मान्यता अनुरूप सञ्चालन गरेका कार्यक्रमहरू बाट लक्षित वर्ग लाभान्वित हुने गरी कार्य सम्पादन गरेर यस सहकारीले एउटा जोलन्द उदाहरण स्थापित गरेको बताइन्।
हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि क्रान्ति भएको भन्दै उपस्थित कृषकमा कृषिमा निरन्तरता दिन आग्रह गरिन्। प्रदेश सरकार कृषक साथमा रहको समेत उल्लेख गरिन्।
पोखरा महानगरपालिका-२५ का अध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले हेमजाको अस्त्वि कृषिमा जोडिएको बताए। उनले कृषि क्षेत्रको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण मार्फत समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यले विभिन्न सम्बन्धी कृषि क्षेत्रका निकायहरूसँग समन्वय र सहकार्य गरिएको भन्दै मन्त्री (जीसी) श्रेष्ठलाई इकित गर्दै प्रदेशको पनि उक्त कार्यमा पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएको उल्लेख गरे।
सहकारी रजिस्टारको कार्यालय, गण्डकी प्रदेश रजिस्टार भेषराज रिजालले हरेक सहकारीले सेयर सदस्यहरूलाई समय सापेक्ष सहकारी शिक्षामा निरन्तर दिन आग्रह गरे। उनका अनुसार अहिलेको परिवेशमा, “सहकारी भनेको बचत तथा ऋण मात्र हो ” भन्ने जुन चर्चा र भ्रम छ, त्यो बहुउद्देश्यीय प्रष्ट पारेको छ। त्यो होइन, सहकारी भनेको उत्पादन सँग जोडिनु पर्छ भन्ने उल्लेख गरे।
बचत तथा ऋणमा मात्र सीमित रहेर कार्य गरेका सहकारीलाई आगामी दिनमा उत्पादनमा लगानी गर्न जोड दिए। कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय ,लुम्लेका निर्देशक बन्धुराज बराल, भेटनी अस्पताल तथा पशु सेवा विज्ञ पोखराका कार्यालय प्रमुख शम्भु पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका पूर्वनिर्देशक वीरेन्द्र बहादुर हमाल, जिल्ला सहकारी सघंका अध्यक्ष दीपक बास्तोला, राष्ट्रिय सहकारी बैंक लिबाट नरेश पाण्डे, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी ,गौशीशंकर बहुमुखी क्यापसका प्रमुख कृष्ण प्रसाद पौडेल, सहकारी सल्लाहकार धर्मराज बास्तोला, सदस्य चित्रनाथ पौडेल लागाएतले शुभकामना दिएका थिए।
सहकारीले रजत जयन्तीको अवसर पारेर आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई कार्यक्रमका बिच पुरस्कृत गरेको छ। “सहकारी समस्या र यसका समाधान” विषयक पोखरा २५ भित्रका समुदायीय एवं संस्थागत विद्यालयबिच भएको निबन्ध लेखन प्रतियोगितामा स्नो भ्यु बोर्डिङ स्कुलकी स्वकिया बास्तोला प्रथम,अम्बिका माविका रोसन बुढाथोकी द्धितीय र गौरीशङ्कर माविकी शर्मिला सुनार तृतीय स्थान प्राप्त गरिन्।
बिष्णुपादुका माध्यमिक, ज्ञान सागर एकेडेमी र हेमजा बोर्डिङ स्कुले सहभागिताको प्रमाण पत्रमा नै चित्त बुझाए। कार्यक्रमका बिच संस्थाका व्यवस्थापक हरि प्रसाद त्रिपाठी, साथै कर्मचारी सुनिता श्रेष्ठ र विष्णु सापकोटालाई दिर्गसेवा सम्मान गरिएको छ।
साथै सेयर सदस्यका छोराछोरी बाट एमडी, पिएचडी र २०८१ को कक्षा १२ वोर्ड परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यार्थीहरू,संस्थाका ७५ वर्ष माथिका ज्येष्ठ सेयर सदस्य, संस्था दर्ता तदर्थ समितिका अध्यक्ष एवं पदाधिकारीहरू, साथै विभिन्न क्षेत्रबाट सहकारीको हितका निम्ति उल्लेखनीय भुमिका प¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ। कार्यक्रमका बिच संस्थाले रजत जयन्ती स्मारिका सार्वजनिक गरेका छ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष भगवती बचगाईले, सहकारीका सात सिद्धान्त समिति सदस्य जनार्दन बास्तोलाले र सञ्चालन महासचिव बुद्धि प्रसाद बास्तोला र सचिव जीत बहादुर कार्कीले गरेका थिए।


