
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि दबाब दिन बनेको ७ नेता सम्मिलित समूहले छलफल गरेको छ।
आइतबार नेता गोपालमान श्रेष्ठका छोराको सानेपास्थित अपार्टमेन्टमा उनीहरुबीच छलफल भएको हो। भेलामा श्रेष्ठसहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत सहभागी रहेका थिए।
यसअघिका बैठकमा नेता विजयकुमार गच्छदार पनि सहभागी भएका थिए। १५ औं महाधिवेशन समयमा गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले उत्तराधिकारी आफूहरूको समूहबाट तोक्नुपर्ने जस्ता माग उनीहरूका छन्।
महाधिवेशन छिटो गर्ने गरी सदस्यतासहितका विषयलाई छिटो टुंग्याउन पनि उनीहरूले दबाब बढाउँदै आएका छन्। देउवाले पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई कुनै पनि हालतमा नेतृत्व सुम्पनु नहुनेमा उनीहरु एकमत छन्। उता देउवाले भने आफ्नो उत्तराधिकारी को हुने भन्ने विषयमा मुख खोलेका छैनन्।
