सामाजिक कार्यमा प्रदेश सरकार सदैव सहयोग गरिरहन्छ: मन्त्री थापा

Share:

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दकुमार थापाले प्रदेश सरकार सदैव सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा साथ र सहयोग गर्न तत्पर रहेको बताएका छन्। पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्र अन्तर्गत जीविकोपार्जन तथा शिक्षा परियोजनाको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाभित्र रहेका श्रम तथा जोखिम पूर्ण अवस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रद्वारा आयोजित शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रमबाट बालबालिकाहरू लाभान्वित हुनु एक सकारात्मक पहल भएको बताए।

मन्त्री थापाले विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न गरिएको यस्तो कार्यक्रम प्रति धन्यवाद व्यक्त गरेका थिए। यस्तै कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले २०५६ सालदेखि सन्चालन गरिरहेको बालश्रम न्युनिकरण कार्यक्रम हाल किडासाको सयोगमा भईरहेको बताए।

अध्यक्ष कार्कीले पोखरा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जस्तो प्रभावशाली पदमा रहेका मन्त्रीसँग निजी क्षेत्र सहकार्य गरी सगँसगै हिड्ने मौका नमिलेको बताए।

अध्यक्ष कार्कीले आम जनमासमा प्रदेश संघियता चाहिदैन भनिरहेको अबस्थामा पोखरा उद्योग वाणिज्य संघ संघियताको पक्षमा रहेको र सोही अनुसार वकालत गर्दे आईरहेको स्मरण गर्दै कार्कीले पोखरा उद्योग वाणिज्य संघले प्रदेश सरकार रहेको अनुभव, अनुभुति लिन नपाएको समेत बताए। पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा गण्डकी प्रदेशका मन्त्रीले संघको निर्वाचनमा अर्को प्यानल बनाएर हिडे पनि उनको पक्षको अध्यक्ष नभएर होला तर यो संघ त तपाइईकै होनि यहीको अध्यक्ष भएर गएको नि भन्दै प्रश्न गरे।

कार्कीले संघको अध्यक्ष त सबैको अध्यक्ष रहेको बताउँदै सयोगको अपेक्षा राखेको समेत उनको भनाइ छ। उनले अहिले तीन तहको सरकार बजेट निर्माणम लागिरहेको बताउँदै व्यवसायी मैत्री बजेट बनाउन सुझाव समेत दिए। पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार लालचनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका वित्त तथा प्रशासनिक संयोजक सरिता ताम्रकार परियोजना निरीक्षक सफल बराल लगाएतले बोलेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिका भित्र श्रम तथा जोखिम पूर्ण अवस्थामा रहेका, आर्थिक अवस्था कमजोर भएका, विद्यालय छाडेका तथा छाड्ने उच्च जोखिममा रहेका ४१२ जना बालबालिकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वय तथा किडासाको सयोगमा शैक्षिक सामाग्री तथा विद्यँलय पोशाक वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: