
काठमाडौं, १८ भदौ । द ब्रिटिस कलेजमा अन्तर कलेज इलेक्ट्रीक स्पोर्टस् प्रतियोगिता विद्यार्थीहरुको उत्साहजनक उपस्थितीका साथ सम्पन्न भएको छ । थापाथलीस्थित द ब्रिटिस कलेजमा २ सेप्टम्बरदेखि ३ सेप्टेम्बरसम्म भएको इ स्पोर्टस्मा कलेजका विभिन्न कोर्स र तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जसमा काउन्ट्रर स्टाइक गो र फिफा १५ का खेलहरु खेलाइएको थियो । काउन्टर स्ट्राइक गो मा जिएफएस टिम विजेता बनेको थियो । ड्रिम ह्याक उपविजेतामै सीमित भयो ।
यसैगरी, फिफा १५ विजेता भने अभियान प्रधान भए । उपविजेताको ट्रफी कर्तब्य बस्नेतले हात पारे । कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले विजेताहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
ट्रफी प्रदान गर्दै कार्यकारी निर्देशक कँडेलले खेलमार्फत विद्यार्थीहरुको क्षमतामा अभिवृद्धि हुने विश्वास ब्यक्त गरे । उनले भने, ‘खेलले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राख्न मद्धत गर्छ । त्यसैले विद्यार्थीहरुका लागि कलेजले खेलकूद कार्यक्रमहरुमा निरन्तर प्राथमिकतामा राख्दैं आएको छ ।’ उनले टेक्नोलोजीको विकासलाई खेलसँग जोड्न आफूहरुले पहल गर्ने समेत उल्लेख गरे ।
उक्त इ स्पोर्टमा १ सय ४० भन्दा बढी विद्यार्थीहरुले खेलमैत्री वातावरणमा उत्साहपूर्ण सहभागिता जनाएका थिए । खेल कुशलतापूर्वक सम्पन्न गरेकोमा कलेज ब्यवस्थापकले इए स्पोर्टमा आयोजक समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

