
काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ ।
रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।
पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
