बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

Share:

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायीबीच नवौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ। लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा अतिश गुरूङको टिम प्रथम हुँदै नगद १८ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने सुशील श्रेष्ठको टिम द्वितीय हुँदै नगद १२ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अनुशासित टिमको उपाधि गणेश कुवँरको टिमले नगद ५ हजार प्राप्त गरेको थियो।

यसअघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष मिलन गुरूङले खेल खेल्नु मनोरञ्जन मात्र नभएर स्वास्थलाई पनि राम्रो हुने भएकोले दिनमा केही समय खेलकुदको लागि समय व्यवस्थापन मिलाउन व्यवसायी साथीहरूलाई अनुरोध गर्दे बुद्ध विशाल बजार व्यापारिक एशोसियसनलाई जिल्ला खेलकुद समितिले गर्नुेपर्ने सयोगको लागि आफू प्रतिवद्व रहेको बताए।

गुरूङले आगामी दिनमा एशोसियसन र जिल्ला खेलकुद विकास समिति सगँसँगै मिलेर कार्यक्रम गर्नेुपर्ने बताए।कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्चस्तरीय समन्वय समितीका संयोजक केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्न तयार रहेको बताउँदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायीबिच आत्मीयता बढोस भनेर विगतका वर्षहरूमा झै यो वर्ष पनि आफ्ना व्यवसायीबिच आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरिएको बताए।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन एशोसियसनका महासचिव राजु केसीले गरेका थिए भने उपाध्यक्ष बुद्धिबहादुर कुवँरले स्वागत मन्तव्य राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: