
काठमाडौं, भदौ २०-
चिकित्सा शिक्षा सुधारको माग गर्दै छैठौं पटक अनशन बसेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसी र सरकारबीच ११ बुँदे सहमति भएको छ ।
माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितका माग गर्दै अनशन बसेका डा। केसी पक्ष र सरकारी पक्षविच शनिबार राति ११ बुँदे सहमति भएको हो । सहमति भएसँगै शिक्षण अस्पतालको ओपिडी सेवा खुलेको छ । डाक्टर केसीको मागमा समर्थन जनाउँदै डाक्टरले ओपिडी सेवा नदिँदा बिरामी मर्कामा परेका थिए ।
मुख्य सचिव सोमलाल सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रल लगायत सरकारी पक्ष र डा. केसी पक्षबीच छलफल भएको हो ।
सहमतिपछि चिकित्सकहरु आइतबारदेखि काममा फर्कने भएका छन् । दिउँसो तीन बजे डा. केसीले जुस खाएर अनशन तोड्ने तयारी छ । डा. केसीले शान्ति र संविधानको लागि आइतबार एक दिन अनशनलाई निरन्तरता दिएका हुन् ।
