
पोखरा । अब गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ आफ्नै प्रदेशभित्रै गर्ने भएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले यसको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले यातायात क्षेत्र सुधार गर्न प्रविधिको अधिकतम् प्रयोग गरिने जानकारी दिए।
उनका अनुसार, सवारी साधन करलाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइनेछ। साथै, राइड सेयरिङ र सेल्फ ड्राइभिङ सेवालाई प्रभावकारी रूपमा व्यवस्थापन र नियमन गर्न स्वदेशी एपलाई प्राथमिकता दिइने पनि बजेटमा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
