एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

Share:

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए ।

उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना विद्यार्थी रहेका छन् ।

यस्तै, २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेको उनले जानकारी दिए । साथै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने अवगर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको उनले बताए ।  यस वर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्
Share: