हिमाल कलेज अफ म्यानेजमेन्टको छात्रवृत्ति कार्यक्रम असार २९ सम्म मात्र

Share:

पोखरा । पोखराको प्रतिष्ठित शिक्षालय हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्ना अन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोस्रो चरण असार २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ।

व्यवस्थापन संकाय रोज्ने विद्यार्थीहरूका लागि यो छात्रवृत्ति योजना भविष्य निर्माणतर्फको एक महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत हुँदै आएको कलेजले जनाएको छ। कलेजले व्यावहारिक र व्यवसायिक शिक्षालाई केन्द्रमा राख्दै आत्मनिर्भर विद्यार्थी तयार पार्ने लक्ष्य लिएको छ।

सुरुमा आवेदन दिने विद्यार्थीहरूले २०५ देखि १००५ सम्मको छात्रवृत्ति पाउने अवसर प्राप्त गरिरहेका छन्। समय बित्दै जाँदा छात्रवृत्तिको प्रतिशत घट्दै जाने भएकाले इच्छुक विद्यार्थीहरूलाई चाँडो निर्णय लिन कलेजले आग्रह गरेको छ।

असार २९ पछि छात्रवृत्ति कार्यक्रम बन्द गरिनेछ र त्यसपछि पढाइ औपचारिक रूपमा सुरु हुनेछ।कलेज प्रशासनका अनुसार, “छात्रवृत्तिको दोस्रो चरण अन्तर्गत धेरै विद्यार्थी लाभान्वित भइसकेका छन्। अब केही दिन मात्र बाँकी रहेकाले विद्यार्थी तथा अभिभावकहरूलाई शीघ्र फारम भरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गर्दछौं।”

हिमाल कलेज अफ म्यानेजमेन्टले शिक्षासँगै व्यावहारिक सीप, उद्यमशील सोच, तथा भविष्यमा रोजगार र व्यवसाय गर्ने क्षमता विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: