टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणको निर्देशन

Share:

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो।

उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ।

‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ’, प्राधिकरणले भनेको छ।

कमेन्ट गर्नुहोस्
Share: