लामाचौर तीज महोत्सव तयारी तीव्र, २२ उपसमिति गठन

Share:

पोखरा । नव आदर्श सामुदायिक विकास समाजले आयोजना गर्दै आएको वार्षिक तीज महोत्सवको २९औं संस्करणका लागि २२ वटा उपसमिति गठन गरिएको छ। समाजले महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउन व्यापक तयारी थालेको जनाएको छ।

संस्थाका अध्यक्ष दिनेश भण्डारीका अनुसार नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्न समाजले प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष पनि भदौ ८ गतेदेखि १० गतेसम्म तीन दिन महोत्सव आयोजना गरिनेछ।

महोत्सव व्यवस्थापनका लागिअर्थ व्यवस्थापनमा कमल बहादुर थापा समन्वयमा मिलन केसी, खेल मैदान विकासमा दिल बहादुर थापा, संरक्षण कोषमा नविन भण्डारी, ज्येष्ठ नागरिक सेवामा रविमान सिंह भण्डारी, शिक्षा तथा स्रष्टा सम्मानमा थिर बहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजु बहादुर भण्डारी, खेलकुदमा शंकर केसी, मञ्च तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा बल बहादुर श्रेष्ठ, युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरुङ, सुरक्षामा हरि बहादुर बरुवाल, स्वागत सत्कारमा सञ्जय कुमार अधिकारी, सांस्कृतिक कार्यक्रममा दिल बहादुर थापा, सूचना तथा प्रचारप्रसारमा विष्णु प्रसाद गौतम, डिजिटल बोर्डरब्यानरमा प्रकाश थापा, सरसफाइमा रामजी सिके, पुस्तकालय तथा अनुसन्धान केन्द्रमा सुशील केसीलाई जिम्मेवारी तोकिएको छ ।

उपसमितिहरूले आन्तरिक तयारी सुरु गरेका छन्। आइतबार सूचना तथा प्रचारप्रसार उपसमितिको बैठक सम्पन्न भएको थियो। संयोजक विष्णु प्रसाद गौतमका अनुसार महोत्सवको प्रचारमा कुनै कसर बाँकी नराख्ने र सञ्चारमाध्यमसँग घनिष्ट समन्वय गर्ने निर्णय गरिएको छ। तीनदिने महोत्सवमा तीज गीत, खुला भलिबल प्रतियोगिता, अन्तरमावि छात्रा भलिबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, स्रष्टा सम्मान, औद्योगिक मेला, विभिन्न स्टलहरू तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति समावेश गरिने समाजले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: