रानी थापा मगर मिस कास्की नेपाल २०२५ घोषित

Share:

पोखरा । पोखरामा आयोजित ‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरूमा लुकेका प्रतिभा र सौन्दर्य उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप, र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक संस्था हेभेनली इभेन्ट म्यानेजमेन्टलाई यस्ता प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै यसले युवतीहरूलाई आत्मविश्वासी र सक्षम बनाउन मद्दत पुग्ने धारणा राखे। आयोजक संस्था हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

प्रतियोगितामा निर्णायक मण्डलको रूपमा नवदीप इङ्लिस बोर्डिङ स्कुलकी संस्थापक कौशल्या गुरुङ, सञ्चारकर्मी आशिष पुरी, नर्स तथा सामाजिक अभियन्ता बिजुल श्रेष्ठ, र एनटीएचएमसी कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतीलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: