
काठमाडौं। जिल्ला प्रशासन कार्यालय गोरखाले मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै रात्रिकालीन समयमा सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । आइतबार प्रशासनले एक सूचना जारी गर्दै रात्रीकालिन समयमा अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनलाई सञ्चालनमा रोक लगाउने र अविरल पानी परिरहेको अवस्थामा राजमार्गमा समेत रात्रीकालिन यातायातलाई पुर्णरुपमा बन्द गरिने भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मनसुनको समय सुरु भई सकेको अवस्था छ । मनसुनको समयमा आउन सक्ने बाढी पहिरोमा आवश्यक सावधानी अपनाउन नसक्दा धेरै धनजनको क्षति सक्ने सक्ने अवस्था रहेको छ । मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण सडक राजमार्ग अवरोध हुन अवस्थालाई मध्यनजर गर्दै सवारी साधन सञ्चालन गर्दा मनसुनको अवधिभर निम्न सुरक्षाका सावधानी अपनाई सार्वजनिक यातायात सञ्चालन गर्नेरगराउन सम्बन्धित सबैलाई अनुरोध छ ।’
तोकिएको निकायहरूबाट सडकमा पहिरो गएको खण्डमा तत्काल सडक खुलाउन उपकरण सहितको प्रबन्ध मिलाउने समेत प्रशासनले आग्रह गरेको छ ।

