पोखरामा गाँजासहित एक युवक पक्राउ, ५ दिनको म्याद थप

Share:

पोखरा । कास्की प्रहरीले लागू औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार हिजो साँझ करिब ५ बजे पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचको क्रममा गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरातर्फ गइरहेको ग ६ प १६३० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-३ निवासी २५ वर्षीय प्रकाश गुरुङले बोकेको झोलामा लुकाइछिपाई ल्याइएको अवस्थामा लागू औषध गाँजा २ किलो ९ सय ग्राम फेला पारेको हो।

प्रहरीले उक्त झोलाबाट एक थान मोबाइल र नगद १ हजार रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।गुरुङलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: