काठमाडौंमा मालिकबाटै मारिए कामदार

329
0
Share:

काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ । भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो ।

पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका-८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, हत्या आरोपमा पक्राउ परेका कालिकोटको अनुसार सामान्य विवादमा हत्या भएको देखिन्छ ।

आफू मालिक भए पनि त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बताएको आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्
Share: