
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेकोले यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।
हाल कोशी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
देशभर आकाश अधिकांश समय बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
देशभर आकाश अधिकांश समय बदली नै रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
