कक्षा १२ का १७ जनाको परीक्षाफल रद्द, अमर्यादित गतिविधिमा संलग्न भएको बोर्डको भनाइ

Share:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको जनाएको छ ।सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिए ।

नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको उनको भनाइ छ । अमर्यादित गतिविधि गर्नेहरूको परीक्षाफल रद्द भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: