२८ लाख धरौटी बुझाएर सोमबार राति नै रिहा भए दुर्गा प्रसाई

272
0
Share:

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन् । कारागार प्रशासनले सोमबार राति प्रक्रियागत काम पूरा गरी उनलाई रिहा गरेको हो। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो । प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो । २०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई गत जेठ ३० गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले थुनामा पठाउने आदेश दिएसँगै उनी डिल्ली बजार जेलमा थिए । उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो । त्यसमध्ये प्रसाईंसहित ३९ जना प्रहरी हिरासतमा थिए । प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: