
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो कोटा पूरा गर्न सफल भयो। काठमाडौं गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर आदिल आलमसहित ५ खेलाडी अनुबन्ध गरेको हो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन्।
यस सिजनमा सबैभन्दा बढी मूल्य १५ लाख रुपैयाँ आदिल आलमसँगै अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगेका छन् भने पवन सर्राफ कर्णालीबाट खेल्ने भएका छन्।
आठवटै टोलीको खेलाडी सूची
जनकपुर बोल्ट्स : आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।
सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दीपक बोहरा र मिलन बोहरा ।
कर्णाली याक्स : सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।
चितवन राइनोज : कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।
काठमाण्डु गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।
विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।
पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।
लुम्बिनी लायन्स : रोहित पौडेल(मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।
शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ ।
पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा टोलीहरूले अनुबन्ध गर्ने अवसर पाउने छन्।
कुन टाेलीमा कुन खेलाडी
मयन यादव: जनकपुर (७ लाख ५० हजार)
आदित्य महता: जनकपुर (५ लाख)
सचिन भट्ट: जनकपुर (२ लाख)
हेमन्त धामी: सूदुरपश्चिम ( १० लाख)
टेकबहादुर रावत: सुदूरपश्चिम (२ लाख)
दीपेन्द्र थापा: सुदूरपश्चिम (२ लाख)
पवन सर्राफ: कर्णाली (१५ लाख)
युवराज खत्री: कर्णाली (१० लाख)
इमरान शेख: कर्णाली (२ लाख)
दीपक डुम्रे: कर्णाली (२ लाख)
देव खनाल: चितवन (१५ लाख)
अर्जुन साउद: चितवन (१५ लाख)
सन्तोष यादव: काठमाण्डू (१० लाख)
उत्तम थापा मगर: काठमाण्डू (३ लाख)
मोहमद आदिल आलम: काठमाण्डू (१५ लाख)
आकाश त्रिपाठी: काठमाण्डू (७ लाख)
तुलबहादुर थापा: काठमाण्डू (२ लाख)
कृष्ण पौडेल: पोखरा (२ लाख)
अर्जुन कुमाल : पोखरा (५ लाख)
अभिषेख तिवारी: पोखरा (२ लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशी: विराटनगर (५ लाख)
साहिल पटेल : विराटनगर (५ लाख)
दिलीप नाथ: लुम्बिनी (१० लाख)
शेर मल्ल: लुम्बिनी (१० लाख)
विशाल पटेल: लुम्बिनी (५ लाख)
