पोखराको सर्वेश्वर शिव मन्दिरमा महाआरती कार्यक्रम हुँदै

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ घार्मीखोलामा रहेको सर्वेश्वर शिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमका साथै महाआरती हुँदैछ।

भोली २६ गते अन्तिम सोमबारका दिन शिव मन्दिर तथा गीता मन्दिर परिषरमा साँझ ५स्३० बजे देखि बेलुका ८ बजेसम्म दिप प्रज्वलन, भक्तिमय भजन कीर्तन र महाआरती हुने मन्दिर विकास समितिका प्रकाश भट्टराईले जानकारी दिए।

उनका अनुसार त्यस दिन सर्वेश्वर महादेवको महिमा प्रस्तुत गरिनुका साथै कृपा प्राप्त हुने बताईएको छ।महाआरतीको संचालन धार्मिक गुरु सुमित बजगाईंले गर्नेछन् ।

मन्दिर विकास समितिले सो धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य प्राप्त गर्न आग्रह समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: