पोखरा ट्रेड मलको १३औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’, ५०% सम्म छुट

Share:

पोखरा । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ सञ्चालन गर्ने भएको छ। फेस्टिभल साउन २५ देखि भदौ ४ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई आर्थिक राहत दिने उद्देश्यले फेस्टिभल योजना ल्याएको जानकारी दिए । “सर्वसाधारणको आम्दानी घटेको अवस्थामा सस्तो मूल्यमा सेवा दिन र व्यवसायलाई पनि टेवा पु¥याउन यो योजना ल्याएका हौं,” काफ्लेले भने ।

१० दिनसम्म विशेष छुट

ग्राहकले मलभित्रका व्यावसायिक प्रतिष्ठानहरूबाट रु. ५०० वा सोभन्दा माथिको खरिदमा छुट पाउनेछन्। दसैं-तिहारका लागि मलले अलग योजना सार्वजनिक गर्ने पनि जानकारी दिइयो।संस्थाको स्थापना दिवस (साउन २४) को अवसरमा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, छात्रवृत्ति वितरण, व्यवसायी सम्मानजस्ता कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

व्यावसायिक केन्द्रको रूपमा पोखरा ट्रेड मल

प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले मल गण्डकी प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रको रूपमा स्थापित भइसकेको बताए। “मलले विभिन्न वस्तु खरिद गर्नका लागि बजारभर भौतारिनुपर्ने अवस्थाको अन्त्य गरेको छ,” मुल्मीले भने ।

मलमा रहेका प्रमुख सेवा तथा सुविधा:

-२ वटा मल्टिप्लेक्स सिनेमा हल

-गुणस्तरीय रेस्टुरेन्ट

-स्तरीय हेयर सैलुन तथा ब्यूटी पार्लर

-शैक्षिक परामर्श कम्पनीहरू (३ वटा)

-कोरियन स्किन केयर अस्पताल

-भूकम्प प्रतिरोधात्मक संरचना

-फायर फाइटिङ सिस्टम, स्मोक डिटेक्टर

-लिफ्ट, एस्कलेटर, र्याम्पसहितको पहुँच

-सुविधायुक्त संरचना

पोखरा ट्रेड मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफुट छ। यसमध्ये ७८ हजार वर्गफुट सटरका लागि छुट्याइएको छ। हाल २१० प्रतिष्ठानमा ५०३ वटा सटर सञ्चालनमा छन्। नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि ६०० देखि १२०० वर्गफुटसम्मको खाली स्थान उपलब्ध छ। व्यवसायी नवराज त्रिपाठीका अनुसार मल व्यवस्थापनले आकर्षक र सुरक्षित पार्किङ, सुविधाजनक लबी, शौचालय, लिफ्ट र एस्कलेटरको उत्तम व्यवस्था मिलाएको छ।

कमेन्ट गर्नुहोस्
Share: