
पोखरा । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवा ग्रामीण क्षेत्रका साना किसान र शहरी उपभोक्ताबीचको सेतुको रूपमा काम गरिरहेको छ। महानगरको कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, यस सेवाले किसानको उत्पादन बजारसम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
उनले जानकारी दिएअनुसार, हाल पोखराका सात स्थानमा हप्तामा एक दिन ‘किसान बजार’ सञ्चालन हुँदै आएको छ। तर, उपभोक्ताको माग र किसानको सहभागिता बढेसँगै केही वडाहरूमा हप्तामा दुई दिनसम्म पनि बजार सञ्चालन थालिएको छ।
कडरियाका अनुसार, ग्रामीण भेगका साना किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा अन्य कृषि उपज सङ्कलन गर्न महानगरले २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ। ती केन्द्रहरूबाट कृषि एम्बुलेन्समार्फत उपजहरू किसान बजारसम्म ल्याइने गरिएको छ।
हेर्नुहोस् भिडियो :
