७२ सहसचिवको सरुवा : पोखराको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल नियुक्त

Share:

पोखरा । पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। सरकारको हालैको निर्णयअनुसार सहसचिव मुक्तिराम अर्याललाई पोखराको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको हो।

गुल्मीका अर्याल २०८१ सालमा सहसचिवमा पदोन्नति भएका थिए। उनी यसअघि लोकसेवा आयोग, जलेश्वरमा कार्यरत थिए।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं असार ३ गते अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। महत्वपूर्ण कार्यहरू प्रभावित हुने चिन्ता बढिरहेका बेला सरकारले नयाँ नियुक्ति गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ जना सहसचिवको सरुवा गरेको थियो, जसअनुसार अर्याल पोखरा महानगरको जिम्मेवारीमा पुगेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: