पोखराको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता

Share:

पोखरा । पोखरा महानगरपालिका-१३ स्थित मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा हालै आधारभूत तहका विद्यार्थीहरूबीच नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा करिब १६ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

रातो सदनतर्फबाट कक्षा ५ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र अंकित मन्ना र छात्रा अनुस्का अधिकारी तथा कक्षा ३ की छात्रा एञ्जिला थापा प्रथम भएका छन्। त्यसैगरी, निलो सदनतर्फबाट कक्षा ५ का छात्रा युनिका खनाल र छात्र सुप्रम थापा, कक्षा ४ का छात्र आयान श्रेष्ठ तथा कक्षा ३ की छात्रा दिपिसा न्यौपाने द्वितीय स्थान हासिल गरेका छन्।

कार्यक्रममा विजयी विद्यार्थीहरूलाई विद्यालयका सह-प्राचार्य नीलकण्ठ पौडेल र लेखा शाखा प्रमुख यमलाल भट्टराईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। हिज्जे प्रतियोगितामा निर्णायकको भूमिका शिक्षक शर्मिला शर्माले निर्वाह गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालय प्रमुख माया क्षेत्रीले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: