एगा पोखराद्वारा तीजका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Share:

पोखरा। इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हरितालिका तीजको अवसरमा एगामा आवद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

पोखराको लेकसाइडस्थित होटल पौवामा सम्पन्न कार्यक्रममा ५६ जनाको उपस्थिति रहेको थियो। एगा पोखराले वर्षभरिका विभिन्न चाडपर्वहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रम गर्दै आएकोमा तीजका अवसरमा पनि महिला व्यवसायीहरूलाई लक्षित गरि कार्यक्रम गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए।

तीजको मौलिकता जोगाउन जोड

कार्यक्रममा एगा पोखराका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले तीज आफैंमा महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसको मौलिकता जोगाउन आवश्यक रहेको बताए।

कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक सुन्ती पुर्जाले सबैको सहकार्यमा कार्यक्रम सफल भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा व्यक्त गरिन्।

कार्यक्रममा उपाध्यक्ष गीता ढकाल पौडेलले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यसमिति सदस्य रामकृष्ण तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।

त्यस्तै, सद्भाव सदस्य गोविन्द अधिकारी, कमल सापकोटा, पूर्व अध्यक्षहरू जीवनाथ गौतम, कृष्णकुमार श्रेष्ठ, शंकर भट्टराई र विश्वराज पोखरेल लगायतले तीज पर्वको सांस्कृतिक महत्वमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: