
पोखरा। पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ ३ गते बसेको बैठकले प्रा.डा. ज्ञानेश्वर शर्मालाई व्यवस्थापन संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरेको छ। नियुक्ति पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम गरिएको हो।
प्रा.डा. शर्मा पोखरा विश्वविद्यालय अन्तर्गत स्कुल अफ बिजनेसमा प्राध्यापकको रूपमा कार्यरत थिए। डीनमा नियुक्त भएपछि आज आयोजित विशेष समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेद राज के.सी.ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथपछि डीन शर्माले आफ्नो पदबहाली गरेका छन्।
कमेन्ट गर्नुहोस्
