जेनजी समूहबीच जंगीअड्डा अगाडि ग्याङ फाइट, आज पनि सकेन् टुगोंमा पुग्न, सेनाले घर पठायो

Share:

काठमाडौं । अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच कुटाकुट भएको छ। मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच हानाहान भएको हो। युवाहरुबीच नै आआफ्ना पक्षका उम्मेद्वारको नाममा झगडा भइरहेको छ।

त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो।

अर्कातिर काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन्। उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो।

अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ।

बिहीबार साँझ जेनजीले ७ वटै प्रदेशबाट एक/एक जना प्रतिनिधि छनोट गर्ने र ती प्रतिनिधिलाई छलफलका लागि जङ्गीअड्डा पठाउने विषयमा छलफल भएको थियो ।

तर, अन्ततः कुरा नमिलेपछि सेनाले भोलि आउन भन्दै घर पठाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: