
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शीतलनिवासबाट बाहिरिएकी छिन् । उनले आफ्नो शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएकी हुन् ।
उनी अब सिंहदरबार पुगेर पदभार सम्हाल्ने कार्यक्रम छ ।
६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिएको नियुक्तिपत्रमा ‘६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नेगरी’ भन्ने व्यहोरा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
