जेनजी आन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन

Share:

काठमाडौं। गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्ध स्तूपमा दीप प्रज्वलन गरिएको छ।

स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन्। सोमबारको आन्दोलनमा हालसम्म ५१ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: