
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कमेन्ट गर्नुहोस्
