सर्वोच्च अदालतको नयाँ भवन ४ महिनापछि सञ्चालनमा आउँछ: मन्त्री घिसिङ

Share:

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सर्वोच्च अदालतको काम आगामी ४ देखि ५ महिनाभित्रै नयाँ भवनबाट सुरु हुने बताएका छन्।

हाल जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पुरानो भवनको निरीक्षण गर्न पुगेका मन्त्री घिसिङले यस्तो जानकारी दिएका हुन्।

उनले नयाँ भवनको निर्माण कार्य पनि छिट्टै सकिने हुँदा सोही भवनबाट अदालतको कामकारबाही अगाडि बढाइने जानकारी गराए। यसका लागि सरकारले आवश्यक निर्णय गर्ने पनि उनले बताए।

निरीक्षणका क्रममा आगजनीबाट ठूलो क्षति भएको बताउँदै मन्त्री घिसिङले यसको विस्तृत मूल्यांकन (एसेसमेन्ट) गरेर डिटेल डिजाइनसहित पुनर्निर्माणको काम अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: