हिमालय सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाको सहभागिता

Share:

पोखरा । हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा-२५ हेमजाले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार आयोजित उक्त कार्यक्रममा ४० जना रक्तदाताले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद सुवेदीले रक्तदानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले,रक्तदानले जटिल अवस्थाका बिरामीहरूलाई जीवनदान दिन्छ र रगतको अभावलाई परिपूर्ति गर्छ, भन्दै रक्तदानको महत्व औंल्याए।

संस्थाका अध्यक्ष मेघराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की बचत संघका सचिव मिनराज तिमिल्सिना, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी, संस्थाका सल्लाहकार माधव शरण पौडेल, शिक्षा समिति संयोजक दीपक त्रिपाठी तथा सचिव भरतराज अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमले सहकारीमार्फत सामाजिक उत्तरदायित्वप्रति संस्थाको प्रतिबद्धता झल्काउने अध्यक्ष त्रिपाठीले बताए।

कमेन्ट गर्नुहोस्
Share: