महोत्तरीमा यात्रुबाहक बस दुर्घटना : दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते

205
0
Share:
accident

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

ना ६ ख १४६४ नम्बरको बस खयरमाराबाट काठमाडौं जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए।

दुर्घटनामा बर्दिबास–१० निवासी ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ निवासी १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्
Share: