अब एटीएमबाट एक दिनमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न मिल्ने

Share:

काठमाडौं । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट प्रति कारोबार २५ हजार, एक दिनमा एक लाख र एक महिनामा चार लाख रुपैयाँसम्म डेबिट कार्डबाट पैसा झिक्न सक्ने सुविधा थियो ।

अब भने एक पटकमा २० हजार, एक दिनमा ५० हजार र एक महिनामा तीन लाख रुपैयाँसम्म कार्डबाट झिक्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको कारोबार रकम भने परिवर्तन गरिएको छैन । प्रिपेड कार्डमार्फत प्रति कारोबार १० हजार रुपैयाँ, एक दिनमा २० हजार रुपैयाँ र एक महिना २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डबाट एक दिनमा पाँच हजार र एक महिनामा २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सक्छन् । त्यसैगरी क्रेडिट कार्डको सीमा पनि राष्ट्र बैङ्कले यथावत् राखेको छ ।

कमेन्ट गर्नुहोस्
Share: