राष्ट्रपति पौडेललाई बान्ता र चक्कर

Share:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार बिहान अचानक स्वास्थ्य समस्या देखा परेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

राष्ट्रपति पौडेलले आज बिहान जेनजी आन्दोलनका प्रतिनिधिसँग महत्वपूर्ण भेटवार्ता तय गरेका थिए, तर कार्यक्रम अगाडि बढ्नै लाग्दा उनलाई चक्कर लाग्ने र बान्ता हुने लक्षण देखिएपछि तत्काल अस्पताल लगिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। चिकित्सकहरूको भनाइअनुसार, उनलाई पोजिशनल भर्टिगो भएको हो, जुन अवस्थामा टाउकोको हल्लाइसँगै एक्कासि चक्कर लाग्ने महसुस हुन्छ।

“उहाँलाई सुरुमा चक्कर लाग्यो भनेको थियो, त्यसपछि लगातार बान्ता हुन थालेपछि ल्याइएको हो,” अस्पताल स्रोतले जानकारी दियो।

हाल राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको र उनलाई आजै वा भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्। यसैबीच, जेनजी प्रतिनिधिसँगको संवाद अब आगामी सोमबारका लागि सारिएको छ।

कमेन्ट गर्नुहोस्
Share: