कालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कर्णबहादुर खड्का चयन

Share:

पोखरा । पोखराको ऐतिहासिक एवं धार्मिक स्थल कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिको अध्यक्षमा कर्णबहादुर खड्का चयन भएका छन्। समितिको छैठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरूमा अध्यक्ष पदमा कर्णबहादुर खड्का, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नारायण देवकोटामा सह–सचिवमा कुलबहादुर खत्री र कोषाध्यक्षमा बलराम भट्टराई चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा जीवनारायण श्रेष्ठ, जयलाल भट्टराई, रुद्रप्रसाद तिमिल्सीना, शारदा देवकोटा, सागर देवकोटा, शरदचन्द्र देवकोटा, पार्वती तिम्सिना तथा पदेन सदस्यमा वडा नं. १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सीना चयन भएका छन् ।

त्यस्तै, समितिमा आमन्त्रित सदस्यका रूपमा रमेश अधिकारी, हरिबहादुर बाँनिया र रिता काफ्ले चयन भएका छन्।

पदावधि ३ वर्षको रहने नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रम कार्तिक १ गते शनिबारका दिन सम्पन्न हुने सचिव नारायणप्रसाद देवकोटाले जानकारी दिए।

धार्मिक महत्वका केन्द्रमा नयाँ नेतृत्वको जिम्मेवारी

कालिका मन्दिर र कोत मामलियत क्षेत्र पोखराको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अति महत्वपूर्ण स्थलमध्ये पर्दछ। नयाँ समितिको नेतृत्वले मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: