अपडेट: मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किएपछि १९ जना घाइते

316
0
Share:

काठमाडौं । भरतपुर महानगरपालिका-२९ गाईघाटमा शनिबार बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते भएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ ।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने गाईघाटमा एकै पटक सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका हुन् । बिहान ७ः१५ बजेको समयमा सवारीसाधन एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो र त्यसपछि रहेका सवारी साधन एक पछि दोस्रो गर्दै ठोक्किँएको उनले बताए। यसबारे थप विवरण आउन बाँकी छ ।

सो घटनामा घाइते भएकाहरुको अहिले उद्धार भइरहेको छ । भरतपुरका विभिन्न अस्पतालहरुमा घाइतेहरु ल्याउने क्रम जारी रहेकाले यस सम्बन्धमा यकिन विवरण आउन बाकी रहेको खनालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: