रास्वपा विस्तारित बैठक एक सातापछि सर्‍यो

223
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक एक साता पछि सरेको छ। आइतबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विस्तारित बैठक एक सातापछि सार्ने निर्णय गरेको हो।

१४ र १५ कात्तिकमा बस्ने तय भएको विस्तारित बैठक २१ र २२ कात्तिकमा बस्ने छ।

रास्वपाका अनुसार विस्तारित बैठकको प्रस्तावित स्थान वरपर हुने एकादशी मेला, व्यवस्थापन समिति अध्यक्षले शान्ति-सुरक्षा चुनौतीबारे गरेको वस्तुगत ब्रिफिङ लगायतपछि विस्तारित बैठक सारिएको हो।

कमेन्ट गर्नुहोस्
Share: