आज भाईटिकाको दिन कस्तो छ मौसम ?

168
0
Share:

पोखरा । आज सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

आज सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: