
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह फेरि एकपटक सशक्त अंदाजमा सार्वजनिक भएका छन्। शुक्रबार बिहान उनले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै देशभर हलचल मच्चाउने खालको सन्देश दिएका छन्।
सूत्रका अनुसार, बालेनले प्रधानमन्त्री कार्कीलाई २३ गतेको घटनाका मुख्य जिम्मेवार ठहरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकलाई तत्काल पक्राउ गर्न आग्रह गरेका छन्।
उनले थपे, “न्याय अघि सबै समान हुनुपर्छ। यदि तपाईंले यो गर्न सक्नुहुन्न भने, कुर्सीमा बस्ने नैतिक अधिकार छैन।”
भेटपछि बालेन बालुवाटारबाट ठाडै निस्किए, तर उनको यो ‘सिधा वार’ ले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
कमेन्ट गर्नुहोस्
