यी ३ प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

232
0
Share:

काठमाडौं । यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ। बाँकी भू-भागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ।

महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ।

कमेन्ट गर्नुहोस्
Share: