युवा तथा खेलकुदमन्त्री पाौडेलद्वारा राजीनामा

Share:

बिहीबार १४ असोज,
काठमाडौं–युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले राजीनामा दिएका छन्। मन्त्री पौडलले प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरेपछि आफूले राजीनामा गरेको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदका सदस्यमा सदस्यसचिव नियुक्तिमा पदयीय आचरणअनुसार काम नगरी भ्रष्टाचार गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको थियो।
अख्तियारले निर्देशन दिएपछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलार साँझ एमाले अध्यक्ष केपी ओलीलाई फोन गरी अख्तियारले कारवाही गर्न निर्देशन दिएका मन्त्रीलाई फिर्ता नबोलाए आफूले बर्खास्त गर्ने चेतावनी दिएका थिए।

बबरमहलमा भएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता मूल आयोजक समितिको बैठकपछि उनी राजिनामा पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटारतर्फ सोझिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: