
पोखरा । पोखरा र आसपासका क्षेत्रबाट चोरी भएका मोटरसाइकल र स्कुटरहरू फेला पार्दै प्रहरीले पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट तीनवटा चोरीका स्कुटर बरामद गरिएको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-३३ का २१ वर्षीय शेर बहादुर पुन मगर, वडा नं.५ का २५ वर्षीय अजय नेपाली, वडा नं.१० का २१ वर्षीय सुशिल गुरुङ, वडा नं.११ का २० वर्षीय सुदिप परियार र वडा नं.१३ का २७ वर्षीय काँहुँखोला बस्ने रोशन परियार पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएका टोलीहरूले उनीहरूलाई फरक-फरक स्थानबाट नियन्त्रणमा लिएका हुन्।
उनीहरूबाट ग ९ प ८७६१, ग १५ प ५२३७, र ग ४ प ७६८४ नम्बरका स्कुटर बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका व्यक्तिहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले पछिल्ला दिनमा बढ्दै गइरहेको सवारी चोरी नियन्त्रणका लागि निरन्तर खोजतलास र निगरानी बढाएको पनि बताएको छ।
