मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि दिए राजीनामा

272
0
Share:

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शुक्रबार प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गरेका छन्। विश्वासको मतका लागि निर्धारित बैठकमा पर्याप्त समर्थन नपाउने निश्चित भएपछि मुख्यमन्त्री सोनलले मताभावमा पराजय व्यर्थ ठान्दै स्वेच्छिक रूपमा पद त्याग गर्ने निर्णय गरेको घोषणा गरे।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले भने, “जनताको जनादेशको सम्मानका लागि अब म पदमा रहनु उचित ठान्दिनँ। प्रदेश र लोकतन्त्रको हितमा म राजीनामा घोषणा गर्छु।”

सोनलले आजकै बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए, तर गठबन्धनभित्र सहमति नजुटेपछि उनले पद त्याग्ने निर्णय लिएका हुन्।

उनको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको तयारी सुरु भएको छ। राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि छलफल तीव्र पारेका छन्।

कमेन्ट गर्नुहोस्
Share: