एनपीएलको उद्घाटनमा साविक विजेतालाई हराउँदै काठमाडौंको विजयी सुरुवात

Share:

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा काठमाडौं गुर्खाजले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उद्‍घाटन खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको हो।

जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। काठमाडौंका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए।

त्यस्तै आका त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोह्न सिम्पसनले १३ रन बनाए। यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए।

उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन्। यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए।

काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए। सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एकरएक विकेट लिए।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो। काठमाडौं अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

कमेन्ट गर्नुहोस्
Share: