तालबाराही माविको नेतृत्व गोविन्दराज पहारीलाई

Share:

पोखरा। पोखरा महानगरपालिका-६, बैदामस्थित श्री तालबाराही माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ। सोमबार बसेको समितिको बैठकले शिक्षा, सामाजिक सेवा र पर्यटन क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका गोविन्दराज पहारीलाई आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

९ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्। वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन्।

नेपाल सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिए। नव नियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको थियो।

नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका उनी पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा प्ररिचित व्यक्ति हुन्।

अध्यक्षमा सर्वसम्मत भइसकेपछि पहारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने बताए।

विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए। पोखरामा महानगर पालिका वडा नं.६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ बाट सहयोग गर्न सदैव तयार रहेको सुनाए।

शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राखे। प्रधानध्यापक पोखरेलले नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: