
काठमाडौं । काठमाडौं गोर्खाजको ब्याटिङ नचल्दा विराटनगर किंग्सले १३५ रनको सामान्य लक्ष्य पाएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनायो। काठमाडौँका लागि मोहम्मद आदिल आलमले ४८ रन बनाए। उनले चार चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक/एक विकेट लिए।
कमेन्ट गर्नुहोस्
