पोखराको कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको वार्षिक स्पोर्ट मिट सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-१० चाउथेमास्थित कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले आयोजना गरेको वार्षिक स्पोर्ट मिट यस वर्ष पनि अत्यन्त आकर्षक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्दै उनीहरूको बहुआयामिक क्षमता विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम विद्यालयको वार्षिक आकर्षणका रूपमा स्थापित हुँदै आएको छ।

एन प्याब्सन कास्कीअन्तर्गत संचालित विद्यालयले प्रत्येक वर्षझैं यस वर्ष पनि कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको स्पर्धा पोखरा रंगशालामा र नर्सरी देखिका कक्षा ३ सम्मका बालबालिकाको प्रतियोगिता विद्यालय परिसरमै सम्पन्न गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तथा एन प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले जानकारी दिए। उनका अनुसार एथलेटिक्सका सम्पूर्ण खेल विधासहित मार्च पास र विभिन्न सांस्कृतिक कार्यक्रमले कार्यक्रममा विशेष रौनक थपिएको थियो।

‘हामीले विद्यार्थीका क्षमतालाई प्रस्फुटन गर्न र उनीहरूको आत्मविश्वास बढाउन हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौं,’ प्रिन्सिपल गुरुङले भने, ‘पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागिताले विद्यार्थीले जीवनका लागि आवश्यक कौशल सिकिरहेका छन्, र यही नै विद्यालयको प्रमुख लक्ष्य हो।’

कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीका प्रतिभा पहिचानमा यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै विद्यालयले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रशंसा गरे। ‘शैक्षिक उत्कृष्टतासँगै खेलकुद र सांस्कृतिक क्षेत्रमा विद्यार्थीको सक्रियता हेर्दा विद्यालय कास्कीको अग्रणी संस्थामध्ये एक बन्न सफल भएको देखिन्छ,’ उनले भने।

विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङको अध्यक्षतामा सम्पन्नकार्यक्रम विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठले आकर्षक रूपमा सञ्चालन गरेकी थिइन्। उत्साह, अनुशासन र प्रतिभाको समिश्रणमा सम्पन्न यो स्पोर्ट मिटले विद्यार्थीको समग्र विकासमा नयाँ ऊर्जा भरेको सहभागीहरू बताउँछन्।

कमेन्ट गर्नुहोस्
Share: