कास्कीमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान तीव्र, कन्या क्याम्पसमा सहभागी विद्यार्थीको उत्साह

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले सञ्चालन गरिरहेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखराका क्याम्पस तथा विद्यालयहरूमा निरन्तर जारी छ। हालै अभियान पोखरा महानगरपालिका-३ स्थित कन्या क्याम्पसमा आयोजित भयो, जहाँ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

सभापति नवीन सिग्देलका अनुसार कास्की शाखाले यो अभियानलाई अझ प्रभावकारी बनाउँदै २४ वटा विद्यालय तथा कलेजसम्म विस्तार गर्ने लक्ष्यसहित तिव्र पारिएको छ। अभियान १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कन्या क्याम्पसका क्याम्पस प्रमुख सरोज मानन्धरले विद्यार्थीलाई जीवन उपयोगी ज्ञान प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे।

अभियानका क्रममा कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, तथा कर्मचारी सरोज चौधरीले विभिन्न सत्रहरूमा सहजीकरण गरे।

कार्यक्रम सभापति नवीन सिग्देलको अध्यक्षता र वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीको सञ्चालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
Share: